Logo

शिव पार्वतीले विवाह गरेको स्थानमा विवाह गर्दै :मुकेश अम्बानीको छोरा आकाश



काठमान्डौँ , १७ साउन । भारतका धनी उद्योगपति मुकेश अम्बानीको ठूलो छोरा आकाश र हिरा व्यवसायी रसेल मेहेताकी कान्छी छोरी श्लोकाको विवाह भगवान् शिव पार्वतीले विवाह गरेको स्थानमा हुने भएको छ ।भारतिय मिडियाका अनुसार उनीहरको बिहे देवभूमि उत्तराखण्डको एउटा मन्दिरमा हुनसक्ने बताइएको छ ।

यसका लागि अम्बानीको रियलाइन्स कम्पनीका अधिकारीहरुको एक टोलीले मन्दिर र त्यहाँ तयार भैरहेको विवाह गन्तव्यको जानकारी लिएका छन् ।

सरकारले पनि यस मौकालाई गुमाउन चाहेको छैन, किनभने यो विवाहले त्यस स्थानलाई विवाह गन्तव्यको एउटा शानदार ब्राण्ड बनाउने विश्वास गरिएको बताइएको छ । जहा भगवान व र पार्वतीको विवाह भएको विश्वास गरिन्छ । आज पनि शिव पार्वतीको विवाहको निशाना त्यहाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्