Logo

अष्ट्रेलियाको समुद्री किनारमा नेपाली महिला मृत फेला



काठमान्डौँ , १७ साउन ।  अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको छ ।अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको बताइएको छ ।उक्त महिलाको शब शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । किनारमा एक्सरसाइज गर्न आएका दुई महिलाले बिहान ५ बजे महिलाको शव देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेका थिए ।

महिलाले लामो बाहुला भएको जम्पर, कलेजी रङको पेन्ट र कालो रङको जुत्ता लाएकी छन् । उनको शरीरमा एक ठाउँमा चोट देखिएको छ। तर त्यो त्यति गम्भीर नभएको प्रहरीको भनाइ छ । अनुसन्धानबाट उक्त महिला नेपाली भएको प्रहरीले पुष्टि गरेको छ । उनको प्रस्ट तस्वीर सार्वजनिक गरेर थप परिचय खुलाउने तयारी प्रहरीले गरेको छ । पोस्टमार्टमपछि थप जानकारी खुलस्त हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्