Logo

आजको विनिमय दरः अमेरिकी डलर महँगो, कुन देशको कति ?



काठमाण्डौँ , १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर महँगो भएको छ । अमेरिकी १ डलरको खरिददर १ सय ९ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १ सय १० रुपैयाँ २३ पैसा कामय भएको छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर १ सय ४४ रुपैयाँ ३५ पैसा कायम छ।

जापानीज यन १० को खरिददर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८९ पैसा कायम भएको छ। साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ २३ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ३९ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ११ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ २७ पैसा रहेको छ।
संयुक्त अरब इमिरेट्स युएई दिह्राम १ को खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ १ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर २६ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर २७ रुपैयाँ ४ पैसा कायम भएको छ।

युरोपियन लगायत केहीको राष्ट्रको भने विनिमयदर सस्तो भएको छ। युरोपियन युरो १ को खरिददर १ सय २७ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर १ सय २८ रुपैयाँ ५ पैसा छ। यस्तै अष्ट्रेलियन डलरको खरिददर ८० रुपैयाँ ७६ पैसा र बिक्रीदर ८१ रुपैयाँ २० पैसा कायम भएको छ। दक्षिण कोरियाको कोरियन वान १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ७७ पैसा छ।

यसैगरी छिमेकी भारतसँग छिमेकी राष्ट्र भारतसँग भने स्थिर विनिमयदर रहेको छ। राष्ट्र बैंकले विनिमयदर तोकेपनि निजी बैंकले भने केही रकम महंगोमा बिक्री गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्