Logo

साताको सेयर बजारमा : कारोबार र परीसुचक सुधारीयो



 काठमान्डौँ , १८ साउन ।  यस साता सेयर बजारमा झिनो सुधार देखिएको छ । साताको ५ दिन नै भएको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत झिनो सुधार देखिएको हो ।यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५ हजार ३ सय १० कारोबारबाट एक अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

सातामा १ अर्ब ७ करोड बढीको सेयर कारोबार हुँदा ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो ।

गत साता १ सय ७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ८ सय ८६ कारोबारबाट एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

नेप्से परिसूचकमा सामान्य सुधार

साताको नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५१ अंकले घटेर अन्तिम दिन अर्थात बिहीबार १ हजार १ सय ९१ दशमलव ३१ अंकमा आइपुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २५१.१५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा देखिएको छ । साताभरमा ६ करोड ८७ लाख १० हजार रुपैयाँको कारोबार गर्दै माछापुछ्रे बैंक अग्रस्थानमा पर्न सफल भएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि माछापुछ्रे बैंक नै अग्रस्थानमा देखिएको छ । तीन लाख ३५ हजार कित्ताको आधारमा माछापुछ्रे अग्रस्थानमा देखिएको ।

कारोबार संख्याका आधारमा भने जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड अग्रस्थानमा देखिएको छ । यस ता जलविद्युत लगानी तथा विकास कम्पनीको ७ सय ३१ वटा कारोबार भएका छन् ।

कारोबार रकममा आधारमा एनएमबी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नेको इन्स्योरेन्स कम्पनी संस्थापक र सानिमा माई हाइड्रोपावर क्रमशः अग्रस्थानमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्