Logo

युएई ले दियो खुसी ! २ दिनमै २४ नेपाली युएईबाट घर फर्किए



काठमान्डौँ , २० साउन । युएईबाट २४ जना नेपाली घर फर्किएका छन् । विभिन्न कारणले गर्दा युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई आममाफी दिने भनेपछि २४ जना नेपाली घर फर्किएका हुन् । युएईले तीन महिनाको आममाफी प्रकृया सुरु गरेको हो । नेपाल फर्किनेमा ५ जना महिला छन् । युएईमा रहेको नेपाली दुतावासका अनुसार ९ जनाले नेपाली यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन ।

बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । साथमा पासपोर्ट नहुनेहरुलाई  दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउन दुतावासले आग्रह पनि गरेको छ । अवैधानिक रुपमा बसिरहेका नेपालीहरु युएईले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै धेरैजसो भिसा लगाएर बैधानिक बन्ने प्रयासमा देखिन्छन् ।

युएईले आममाफी दिने व्यवस्था गरेपनि नेपाली दूतावासमा आएर वा टेलिफोन गरेर जानकारी माग्ने नेपालीको सख्या कम रहेको दुतावासले जानकारी दिएको छ ।  समस्यामा परेकाहरुलाई दुतावासमा आएर नेपाल फर्कने प्रकृयाको बारेमा बुझ्न कार्यबहाक राजदूत  सागरप्रसाद फुयालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्