Logo

खेलाडीकै भबिष्य माथी लापरवाही :भिसाका कारण गोलरक्षक किरण चेम्जोङ पहिलो मैत्रीपूर्ण खेल गुमाउदै



काठमाण्डौँ , २० साउन ।  नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको मत्रैपीपुर्ण खेल गुमाउने भएका छन् ।समाचार अनुसार उनले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने भएका हुन् ।

एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको किरणले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने पक्का जस्तै भएको हो ।नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

बुधबारै माल्दिभ्सबाट काठमाडौं आएर भिसाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनुरोध गरेपनि उनको भिसा अझैपनि आएको छैन । शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुने भएका कारण उनको भिसा सोमबार मात्रै आउने सम्भावना छ । उनी सोमबारै थाइल्यान्ड प्रस्थान गरेपनि पहिलो खेल गुमाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्