Logo

अस्ट्रेलियाका पूर्व कप्तान स्मिथबाट ताज खोस्दै बिराट बने विश्वकको नम्वर वान खेलाडी



काठमाण्डौँ , २० साउन ।भारतीय टिमका कप्तान बिराट कोहली  टेस्ट क्रिकेटमा विश्वका नम्वर एक व्याट्सम्यान बन्न सफल भएका छन् । इङ्ल्यान्डविरुद्ध पहिलो पारीमा सतक र दोस्रो पारीमा अर्धशतक जोडेर कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । इङ्ल्यान्डविरुद्धको खेलमा पराजित भए पनि कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बन्न सफल भएका हुन् ।

यसका साथै कोहलीले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथबाट नम्बर वानको ताज पनि खोसेका छन् । विराट कोहली नम्बर एक ब्याट्सम्यान बनेको समाचार आईसीसीले आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेको छ । आईसीसी टेस्ट ¥याङकिङमा विराट कोहली ९ सय ३४ अंकसहित पहिलो नम्बरमा पुगेका हुन् । अस्ट्रेलियाका स्टिभ स्मिथ ९ सय २९ अंकसहित दोस्रो नम्बरमा छन् । स्टिभन स्मिथ डिसेम्बर सन् २०१५ देखि टेस्ट क्रिकेटमा नम्बर वान स्थानमा थिए ।

विराट कोहलीले पहिलो पटक नम्बर १ टेस्ट ब्याट्सम्यान बन्ने गौरव हासिल गरेका छन् । साथै सात वर्षपछि कुनै पनि भारतीय ब्याट्सम्यान नम्बर १ मा पुगेका हुन् । अर्कातिर भारतविरुद्धको पहिलो टेस्टमा अपराजित इङ्ल्यान्ड क्रिकेट टिमका टेस्ट कप्तान जो रूट ८ सय ६५ अंकसहित तेस्रो नम्बरमा छन् । भारतीय टिमबाट कोहलीका अलावा केबल चेतेश्वर पुजारा शीर्ष १० मा छन् । पुजारा ७ सय ९१ अंकसहित छैटौँ नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्