Logo

फर्किए नेपाली क्रीकेट टोली स्वदेश



 काठमान्डौँ , २१ साउन । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली स्वदेश आइपुगेको छ । नेदरल्याण्ड्स विरुद्ध पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेको नेपाली टोली सोमबार बिहान काठमाडौँ आइपुगेको हो । 

स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे ।

युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससँग २ एक दिवसीय क्रिकेट खेलेको थियो । जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो । 
यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्