Logo

स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको गोप्य तयारी बाहिरियोः पत्रकारकै सामु प्रशिक्षक जगत टमटाले गरे खुलासा



काठमाडौं, २१ साउन । नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसिय क्रिकेटले थप राम्रो खेल्न आत्मविश्वास मिलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बताएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले नेपालले अब थप राम्रो क्रिकेट खेल्ने बताउँदै आत्मविश्वास बढेको बताएका हुन् । बेलायत र नेदरल्याण्ड्सको भ्रमण सकेर नेपाली टोली आज स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएपछि पत्रकारसँग कुारकानी गर्दै उनले उनले नेपालले एकदिवसीय क्रिकेट खेल्छ भन्ने सपना आफूसँग पहिल्यै रहेको बताए । नेपाल क्रिकेटमा यहि क्रममा विकस भए आगामी १० बर्षम टेस्ट खेल्न सक्ने विश्वास पनि उनले व्यक्त गरेका हुन् । प्रशिक्षक जगत टमाटाले अब आफूहरुको ध्यान एसिया कपका लागि केन्द्रित हुने पनि बताएका छन् । एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

एकदिवसीय खेलमा नेपालले गरेको प्रदर्शनले एसिया कपका लागि फाइदा पुगेको प्रशिक्षक टमाटाको भनाइ छ । एकदिवसीयमा गरेको राम्रो प्रदर्शनको निरन्तरता एसिया कपमा दिने पनि उनले बताएका छन् । एसिया कपकै तयारीका लागि श्रीलंकामा अभ्यास गर्ने तयारी पनि गरेको उनले बताएका छन् । एसिया कपको तयारीका लागि ब्याटिङ प्रशिक्षकका लागि आईसीसीसँग कुरा भइरहे पनि अहिले यसै भन्न नसकिने र थप कुराकानी गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्