Logo

खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने



काठमाडौं । निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

 

अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेको थियो । सोही कारण गृहमन्त्री थापाले सो घटनामा सरकारको तर्फबाट प्रतिबद्धता जनाएका हुन् ।

प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र विरोध तथा आलोचना भइरहेको छ ।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था श्रृजना हुनुको कारणबारे सोधपुछ गर्न प्रहरी महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्