Logo

एक नम्बर प्रदेश सरकारको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले मानेन, विश्व अदिवासी दिवसमा दिएन विदा



इलाम । देशमा संघियता लागु भएता पनि कतिपय सरकारी कार्यालयबीच समन्वयको अभाव देखिएको छ । मिति ०७४/१२/२९ मा १ नं. प्रदेशको मन्त्री परिसद बैठकले मिति ०७५/०४/२४ मा विश्व आदिवासी दिवय मनाउनको लागि प्रदेश नं. १ मा बिदा घोषणा भएता पनी नेपाल राष्ट्र बैंक अन्तर्गत रहने सम्पुर्ण बैंक तथा बित्तिय संस्थामा बिदा नदिएको गुनासो रहेको छ ।

प्रदेश सरकारले नेपाल राष्ट्र बैैकलाई १ नं. प्रदेश भरी बिदा दिइएको जानकारी गराएपनी नेपाल राष्ट्रिय बैंकले स्थानीय वैंकहरुलाई हामी केन्द्र सरकारको मातहतमा हुने र प्रदेश सरकारले दिएको बिदा मान्य नहुने भनी मौखिक जानकारी गराएको थियो ।

यसैबीच नेपाल राष्ट्र बैंकले हालसालै सबै बैंक तथा बित्तिय संस्थालाई परिपत्र गरी सबै प्रदेशहरुमा २०७५ पुष मसान्त भित्र प्रादेशिक कार्यालय खोल्न निर्देशन दिएको थियौ जवकी केन्द्रिय बैंक आफैले प्रदेश सरकारको निर्णय नमान्ने गरेको छ । जसले यो पुष्टी हुन्छ कि हाम्रा सरकारी कार्यालयहरु कसरी चलेका छन र कती समन्वय भएर चलेका छन् ।

यता १ नं. प्रदेशका प्रवक्ता हिक्मत कार्कीलाई यस विषयमा जानकारी लिदा प्रदेश सरकारले संवैधानिक आधारमा विदाको घोषणा गरेको उहाँहरुलाई हामीले जानकारी गराई सकेका छौँ विदा नहुनुमा हामीहरुको भन्दा पनि उहाँहरुको कुरा हो उहाँहरुले प्रदेश सरकालाई नमान्नु भएको हो भने हामी केही भन्न सक्दैनैँ तर प्रदेश सरकारले नेपालको संविधान अन्तर्गत आफ्नो अधिकार प्रयोग गरेको हो । यो भन्दा अघि २ नं. प्रदेशले गरेको विदामा सवै सरोकारवलाहरुले कार्यन्वयन गरेका थिए ।

यता नेपाल राष्ट्रिय बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल बताउँछन्, ‘हामीले नेपाल सरकारले निकालेको विदाको सूचीअनुसार विदा घोषणा गर्ने र प्रदेश सरकारले दिएको विदाको जानकारी आफुहरुमा आएको छै ।’

हुनत वित्तिय संस्थाहरु विदाको दिनपनि आफ्नो काम गरिरहेका हुन्छन् तर यो प्रदेश सरकारको निर्णयले यसरी सरकारी कार्यालयहरुले नै नमानिरहँदा सरकारको औचित्य कति ? भन्ने पनि कुराहरु आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्