Logo

बिजुली बेच्न नेपाल ग्राहक खोज्दै, आज बंगलादेशसँग सम्झौता हुने



काठमाडौं । नेपालले मुलुकबाहिर विद्युत् बजार खोज्ने क्रममा बंगलादेशसँग द्विपक्षीय उर्जा व्यापार सम्झौता (पीटीए) गर्ने भएको छ । दुई देशबीच पीटीए सम्झौता लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदसहितको उच्चस्तरीय टोली हिजो नेपाल आएको छ । । आज दुई पक्षीय भेटवार्ता तथा उक्त सम्झौतामा हस्ताक्षर गरिने उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । भेटवार्ता पछि ऊर्जा सहयोग तथा आदान–प्रदान सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

यसअघि दुई छिमेकी मुलुक चीन र भारतसँग द्विपक्षीय विद्युत् व्यापार सम्झौता गरिसकेको नेपालले बंगलादेशसँग पनि विद्युत् व्यापारका लागि सम्झौता गर्ने लागेको हो । सरकारले ऊर्जा क्षेत्रमा सहकार्यका लागि बंगलादेशसँग बेलाबखत प्रस्ताव गर्दै आएको थियो । २०७१ साल मंसीर १० र ११ गते काडमाडौंमा सम्पन्न भएको १८ औँ सार्क सम्मेलनका क्रममा ऊर्जाको चरम अभाव खेपिरहेको बंगलादेशले नै क्षेत्रियस्तरमा विद्युत् व्यापारका लागि प्रस्ताव गरेपछि ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी को–अपरेशन’ सम्झौता भएको थियो ।

करिब १६ करोड ६५ लाख जनसंख्या रहेको बंगलादेशमा हाल ७५ प्रतिशत जनसंख्या मात्रै विद्युत् पहुँचमा रहेका छन । ३ वर्षभित्र ३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, ५ वर्षभित्र १० हजार मेगावाट उत्पादन गर्ने र १० वर्षभित्र १५ हजार मेघावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ । लक्ष्य अनुरुप विद्युत् उत्पादन भएमा केही वर्षभित्रै नेपालले विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने हुन्छ ।

सरकारले एक वर्षभित्रै पूर्व पश्चिम राजमार्गको समानान्तर हुनेगरी उच्च क्षमताको विद्युत् प्रंशारणलाईन निर्माण गर्ने लक्ष्य राखेको छ । उक्त प्रशारणलाई निर्माण सम्पन्न हुनेबित्तिकै नेपाल र बंगलादेशबीच सबैभन्दा छोटो दूरीबाट व्यापारका लागि सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्