Logo

आज युवा दिवस, नेपाली युवाहरुका यस्ता छन् समस्याहरु र कसरी समाधान गर्ने ?



काठमाडौं, २७ साउन । नेपालमा ०६८ को जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ । त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत रहेको छ भने १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत र १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत छ ।

राष्ट्रिय युवा नीति ०६६ को कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठनको विधयक संसदबाट पास हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो । तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । देशले प्राकृतिक विपदको सामना गरिरहँदा आम युवाहरु उदार, राहत र पुननिर्माणमा सहभागी भए ।

मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित मात्र होइन विदेश पलायन भएको यथार्थता हाम्रो सामु टड्कारो रुपमा छ ।

युवाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गरी सर्वाङ्गीण राष्ट्रिय विकास गर्नु जरुरी छ । नेपालको सन्दर्भमा युवा अधिकारका सवालहरु देहाय बमोजिम छन् :-

ज्ञ. सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता,

द्द. आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा सहभागिता

घ. युवा समावेशीकरण,

द्ध. रोजगारी क्षमता र उद्यमशीलताको विकास

छ. शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास

ट. पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण

ठ. युवाहरुबीच लैङ्गकि, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य,

ड. विज्ञान तथा प्राविधि, अनुसन्धान र अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन

ढ. वौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिवद्धता

ण्. खेलकूद मार्फत शारीरिक तथा मानसिक विकासको अवसर

युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि संविधानले युवाका चासोहरुलाई समुचित ढङ्गले संबोधन गर्न आवश्यक देखिन्छ । यसका लागि राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन, देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागीता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्बर्द्धनको व्यवस्था, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता विषयहरु प्रमुख रुपमा संविधानले संवोधन गर्नु उपयुक्त हुने देखिन्छ ।

O युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु आवश्यक छ ।

O युवाहरुलाई नेतृत्व विकासको माध्यमबाट राष्ट्रिय विकासको मूलधारमा नसमेटी सर्वाङ्गण्िा राष्टि्रय विकासको परिकलपना सार्थक नहुने भएकोले खेलकूद, नैतिक शिक्षा, वातावरण संरक्षण, देशको आर्थिक विकास लगायतका क्षेत्रमा युवाहरुको प्रवर्द्धन र प्रोत्साहन जरुरी छ ।

O विज्ञान र प्रविधि तथा वैज्ञानिक अध्ययन, अनुसन्धान र अन्वेषण्मा युवाहरुलाई प्रोत्साहित गर्दै युवाहरुको प्रतिभा पलायन र श्रमबजारको खोजीमा विदेशीने अवस्थालाई अन्त्य गर्नु आवश्यक देखिन्छ ।

O रोजगारी, क्षमता विकास र उद्यमशीलताको विकास मार्फत सर्वाङ्गीण राष्ट्रिय विकासको लागि प्राविधि र व्यवसायिक शिक्षाको अधिकारलाई सुनिश्चित गर्नु आवश्यक देखिन्छ ।

अतः देश अहिले संविधान निर्माणको गतिमा अघि बढिरहेको छ । आम नागरिकहरु आफ्नो हक अधिकारको संबैधानिक सुनिश्चिताका लागि पहल गरिरहेका छन । सख्यात्मक र गुणात्मक सहभागिता हुँदाहुदै पनि युवाहरुको हक अधिकार अब बन्ने नयाँ संविधानमा पनि त्यति समेटिएको पाइदैन । यसका लागि राज्य सञ्चालकहरु जिम्मेवार हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्