Logo

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने



काठमाडौं, २५ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्ससँगको आफ्नो खेल सुनिश्चित गरेको हो । हिजो भएको खेलमा भारतसँग पराजीत भएपनि गोलाप्रथाबाट माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । भारत र माल्दिभसबीचको हिजोको खेलमा भारतले माल्दिभ्सलाई २–० ले पराजित गर्दै समूह विजेता बन्यो । समूह ए बाट नेपाल समूह विजेता र पाकिस्तान समूह उपविजेता तथा समूह बी बाट भारत समूह विजेता र माल्दिभ्स समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो।भारतले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । भारतले माल्दिभ्सलाई पराजित गरेपछि समान अंक भएको माल्दिभ्स र श्रीलंकाको गोलप्रथाद्वारा नाम टुंगो लगाइएको हो । खेल जित्न नसकेपनि माल्दिभ्सले श्रीलंका विरुद्ध टस जित्दै साफमा १०औँ पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्