Logo

IPL को आउँदो संस्करण भारतबाहिर हुनसक्ने



एजेन्सी, भदौ २७ । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) को संस्करण भारतबाहिर हुनसक्ने सम्भावना देखिएको छ। लुग र भारतमा आसन्न चुनावको तालिकासँग जुधेमा सो हुनसक्ने ‘हिन्दुस्तान टाएम्स’ले जनाएको छ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआर्इ) ले यस किसिमको सोच बनाएको यो पहिलोपटक भने होइन। यसअघि सन् २००९ मा लिग साउथ अफ्रिकामा खेलाइएको थियो भने सन् १०१४ मा लिगका आधा खेलहरू चुनावकै कारण संयूक्त अरब इमिरेट्समा खेलाइएको थियो।

आइपीएल अध्यक्ष राजिब शुक्लाले यसका लागि आफूहरूले चुनाबको मिति घोषणालाई कुरिरहेको बताएका छन्। उनले चुनावको मिति घोषणा भएलगत्तै यसबारे निर्णय लिने बताए।आइपीएल भारतिय क्रिकेट बोर्डको सबैभन्दा बढि पैसा कमार्इ गराइदिने प्रतियोगिता हो।

उसले खेलको प्रसारण अधिकारबापतमात्र पाँच वर्षका लागि स्टार स्पोट्ससँग गत वर्ष सेप्टेम्बरमा २.५५ बिलियन अमेरिकी डलरमा सम्झौता गरेको छ। शुक्लाले प्रतियोगिताका लागि युएई उत्कृष्ट विकल्प भएपनि साउथ अप्रिकालाई पनि सोचमा राखिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्