Logo

दुहबी र इटहरीमा पनि धुमधामले तीज मनाइयो



चन्दन रौनियार/ सुनसरी भदौ २८ : नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितारिका तीज धुमधामका साथ पुर्वी नेपालमा पनि मनाइएको छ । पुर्वका विभिन्न ठाउँका महिलाहरुले विहानैदेखि शिवालयहरुमा पुगेर पुजाअर्चना गरी सांस्कृतिक उल्लासका साथ मनाइरहेका छन । सुनसरीको इटहरी र दुहबीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विहानदेखि पुर्जाअर्चनाका लागि महिलाहरुको भिड लागेको थियो । शिवालयहरुमा पुगेर श्रीमानको दिर्घायुको कामना गर्दै पुर्जाअर्चना गरेर वत्र वसेका महिलाहरु उल्साहका साथ नाचगानमा पनि व्यस्त भए । शिवालयहरुमा पुजा गर्ने महिलाहरुका साथै ठाँउमा स्टेज कार्यक्रम गरी तिज सांस्कृतिक कार्यक्रमहरु समेत गरिएका छन । इटहरी दुहबी जेसिजले तीज साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । लेडि जेसिजले आयोजना गरेको तीज साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोखरेलले आफनो स्वास्थ्यलाई ख्याल गर्दै व्रत वस्न महिलाहरुलाई आग्रह गरिन् । त्यसैगरी सुनसरीका इटहरी, सदरमुकाम इनरुवा, झुम्का दुहबी खनार लगायतका ठाउँहरुमा पनि तीज सास्कृतिक कार्यक्रम गरी मनाइएको थियो पार्वतीले भगवान शिवलाई पति पाउ भन्दै कठोर ब्रत बसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै ब्रत वस्ने परम्परा रहेको छ । त्यसैगरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामनासहित ब्रत वस्ने गरेका छन

प्रतिक्रिया दिनुहोस्