Logo

पर्वतमा आत्महत्या गर्नेको संख्यामा बृद्धि, झुण्डिएर आत्महत्या गर्नेको सख्या बढी !



काठमाडौं, २९ भदौ । कुश्मा नगरपालिका वडा नं २ का २६ वर्षीय गणेश भन्ने फडिन्द्रराज पौडेल दरखाने दिन मंगलबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे ।

आठ वटी छोरी जन्मेपछि जन्मेका एक छोरा त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिलेदेखि मानसिक समस्याबाट पीडित थिए । मानिस देखि डराउने स्वभावका रहेका पौडेल श्रीमती माइत गएपछि एक्लै भएको अवस्थामा झुण्डिएका थिए । उनका दुई छोरीसमेत छन् ।

पौडेल मात्र होईन कुश्मा नगरपालिका वडा नं ७ की १८ वर्षीया बबिता सुबेदी पनि यही भदौ महिनामै आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परिन् ।
बिहान घर सफा गरेकी गौतम मृत फेला परेपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । गएको असारमा मात्रै बिबाह बन्धनमा बाँधिएकी गौतमले आत्महत्या नै गरेको प्रारम्भीक अनुसन्धानबाट दखिएपनि उनले किन आत्महत्या गरिन वा मृत्युको कारण अरु नै हो भन्ने खुल्न सकेको छैन ।

पौडेल र गौतम मात्रै होइन पर्वत जिल्लामा पछिल्लो समयमा आत्महत्याका घटना बढ्न थालेका छन । चालु आर्थिक वर्ष २०७५/७६ शुरु भएपछि साउन र भदौको अन्तिम सातासम्म ६ जनाले झुण्डिएर आत्महत्या गरेका छन । आत्महत्या गर्ने मध्ये अधिकाँश महिला छन ।

जसमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको सख्या छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३६ जनाले आत्महत्या गरेका छन । जसमा झुन्डिएर आत्महत्या गर्ने २७ हामफाली आत्महत्या गर्ने ७ र बिष खाई आत्महत्या गर्ने २ जना रहेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा ३१ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्ने २६ हामफाली आत्महत्या गर्ने ४ र विष खाई आत्महत्या गर्ने १ जना रहेका छन् । भने २०७२/७३ मा २९ जनाले आत्महत्या गरेका छन ।

जसमा झुण्डिएर आत्महत्या गर्ने २३ हामफाली आत्महत्या गर्ने ४र बिष खाई आत्महत्या गर्ने २ जना रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले बताए ।

तिवारीका अनुसार आत्महत्या गर्ने क्रम बढेर जाँदा यसले डरलाग्दो रुप लिन थालेको छ । पर्वतमा घरेलु हिंसा र आत्महत्या प्रमुख समस्याको रुपमा रहेको छ । यसका बिरुद्ध जनचेतना जगाउनु नै पहिलो आवश्यकता रहेको उाले बताए ।

समुदायसँग मिलेर आत्महत्याका विरुद्ध जनचेतना जगाउने कार्ययोजना बनाइएको उनले बताए । आत्महत्या गर्नेहरुमा महिला नै धेरै छन् । बिदेशमा श्रीमान र श्रीमती रहँदा पर पुरुषसँग हुने सम्बन्ध तथा एक आपसमा बढ्ने अबिश्वासका कारण पनि धेरै आत्महत्या बढेको देखिएको छ । -news24

प्रतिक्रिया दिनुहोस्