Logo

विश्व टी–ट्वान्टी क्रिकेट छनौटको पहिलो खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा



काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा सुरु हुनेछ । म्यानमार विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितसहित उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ । नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसंग खेल्न लागेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा र तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्