Logo

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुचारु हुने



काठमाडौं । बंगबन्धु गोल्डकपको कारण स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट पुनः सुचारु हुँदैछ । नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा जारी बंगबन्धुमा सहभागिता जनाएपछि लिग दोस्रो खेलपछि स्थगित गरिएको थियो । तर, नेपाल समूह चरणबाट बाहिरिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणको लिग सुचारु गरेको हो । लिग अन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो ३ बजे सुरु हुनेछ । करिब ४ बर्षपछि हुनलागेको लिगको पहिलो चरण जारी रहदा संकटा ३ अंकसहित शीर्ष स्थानमा छ । संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । यस्तै उद्घाटन खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । दुवैको एक एक अंक छ ।

प्रतिक्रिया दिनुहोस्