Logo

आज बस्ने तय भएको कांग्रेसको बैठक स्थगित



काठमाडौं । आज बस्ने तय गरिएको नेपालीकांग्रेसको बैठक आन्तरिक विवादकाकारणस्थगितभएको छ । भ्रातृ सङ्गठन नेपालविद्यार्थी सङ्घको विधानलाई लिएर नेपालीकाँग्रेसभित्रविवाद बढेको छ । विवादकै कारण आज बस्ने तय भएको केन्द्रीयकार्य समितिको बैठक पनि स्थगितभएको नेताहरुले बताएका छन् । बैठकले ३२ वर्षसम्मउमेरकाविद्यार्थीले मात्र सङ्गठनमा नेतृत्वलिन सक्ने निर्णय गरेको छ । यस विषयमाअसहमति राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वयप्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यअर्जुननरसिंह के.सी.ले बैठक बहिष्कार गर्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवाले रोक्नु भएको हो । नेपालीकाँग्रेसकाप्रवक्ताविश्वप्रकाशशर्माले भने विवादकाकारण नभइआन्तरिक तयारी नपुगेकाले स्थगितभएको जानकारी दिनुभयो । सीआईएनसँग कुराकानीगर्दै शर्माले महामन्त्री डा. शशाङ्ककोइरालाको पूर्व निर्धारितकार्यक्रमजिल्लामाभएकाकारणले बैठक स्थगितभएको दावीगर्नुभयोे । तर नेताहरुको विवादकाकारण नेविसंघको महाधिवेशन नै हुने नहुने अन्योल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्