Logo

धादिङमा बस दुर्घटना ः ७जना घाइते, एकको अवस्थागम्भीर



धादिङ । धादिङको निलकण्ठ नगरपालिकामा बस पल्टिदा ७जना घाइते भएका छन् । घाइते मध्ये १जनाको अवस्थागम्भिर रहेको जिल्लाप्रहरी कार्यालय धादिङकाप्रहरी उपरीक्षक डम्बर बहादुर विकले जानकारी दिनुभयो । धादिङबेशीदेखि आरुघाट सल्यानटार जाँदै गरेको ना ४ ख ५६३९ नम्बरको बस थुम्किमापुगेपछि अनियन्त्रितभई पल्टेको प्रहरी उपरीक्षकविकले बताउनुभयो। दुर्घटनामा घाइते हुनुभएका सिद्धलेक गाउँपालिका २ का २२ वर्षिय शिवकसाईको अवस्थाभने गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । सवारी चालक फरार रहेकोेले खोजिभइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्