Logo

बडादसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा गरिँदैं



काठमाडौंः बडादसैँको दोस्रो दिन आज बिहीबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गर्ने गरिन्छ ।

शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने गरिन्छ ।

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ ।

यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन पनि छ ।

साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्