Logo

आर्थिक वर्षभित्र नेपाली खेलकुद क्षेत्रमा गुणात्मक परिवर्तन हुने



काठमाडौं ३०, असोज । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले अबको आर्थिक बर्ष भित्र नेपाली खेलकुद क्षेत्रमा गुणात्मक परिबर्तन हुने बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री विश्वकर्माले, सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका कुरालाई कार्यान्वयनको चरणमा लैजान आफुले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

राजनीतिक खोल ओडेर खेलकुदका केन्द्रिय निकायमा अधिपत्य कायम राख्नेप्रबृती अन्त्य हुने भन्दै उहाँले रणनीतिक योजनामा मन्त्रालय दृढ रहेको बताउनुभयो । हरेक प्रदेश र जिल्लाका लागि छुट्टिएका योजनाको उपलब्धी अबका केही महिनाबाटै देखिने मन्त्री विश्वकर्माको दावी छ । सरकारले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै उहाँले खेलाडीको वृत्तिविकास र बिमाको कार्यक्रमलाई आगामी आर्थीक बर्षबाट थप बृद्धि गरिने उल्लेख गर्नुभयो ।

खेलाडीहरुमा खेलेरै जीवन निर्वाह हुने वातावरण सृजना गर्न मन्त्रालयले तयारी गरिरहेको भन्दै उहाँले खेलाडीहरुको दुर्घटना र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदमा निजि तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल गरिरहेको र त्यसका लागि आवश्यक वातावरण बनाउन सरकार तयार रहेको मन्त्री विश्वकर्माको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्