Logo

आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको : उर्जामन्त्री वर्षमान पुन



काठमाण्डौ ३१, असोज । आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेको नेपालको सामाजिक आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको उर्जामन्त्री वर्षमान पुनले बताउनुभएको छ ।

चीनको बेइजिङमा आयोजीत नेपाल चीन आर्थिक सहकार्य मञ्चले आयोजना गरेको नेपालको उर्जा क्षेत्रमा लगानी विषयमा आयोजना गरेको सम्मेलनमा मन्त्री पुनले विदेशी लगानीको सहयोगमा लक्ष्य प्राप्तीको नीति अवलम्बन गरेको बताउनुभएको छ । नेपालमा लगानी गर्दा दुवै पक्षको लाभ हुने मन्त्री पुनको भनाई छ । नेपाली र चिनिया लगानीकर्ताबीच बेइजिङस्थित दुतावासले सहजीकरण गरिरहेको चीनका लागि राजदुत लिलामणी पौड्यालले बताउनुभएको छ ।

दुई मुलुकका आपसी अनुभव र नितिगत विषयमा चिनिया पक्षमा जानकारी दिने मुख्य जिम्मेवारी रहेको पौड्यालले बताउनुभयो । चिनियाँ लगानीकर्ताले दुई मुलुकबीचको लगानीका सम्भावनाको खोजीका लागी आफुहरु तयार रहेको बताएको बेइजिङ स्थित नेपाली दुतावासले उल्लेख गरेको छ । नेपालबाट मन्त्री पुनसहित उद्योग वाणिज्य संघ, गैरआवासीय नेपाली संघ , स्वतन्त्र उर्जा उत्पादक संघका प्रतिनिधि बेइजिङ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्