Logo

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा, मेस्सी चोटग्रस्त



काठमाण्डौ ४, कात्तिक । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा सेभियालाई ४–२ ले हराउँदै बार्सा, पुन शीर्ष स्थानमा उक्लिएको हो ।

बार्साको जितमा काउटिन्हो, लियोनल मेसी, लुईस स्वरेज र ईभान राकिटिकले गोल गरे । खेलको २६ औँ मिनेटमा दाहिने पाखुरामा गम्भीर चोट लागेपछि मेसीले त्यसपछिको खेल छाडेका थिए । मेसीलाई तीन साताको आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । रियल मड्रिड भने लेभान्तेसँग २–१ ले पराजित भयो । छेठौँ मिनेट मै रियलबिरुद्ध अग्रता बनाएको लेभान्तेले १३ औँ मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारेको थियो । ७२ औँ मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर त्यसपछि गोल गर्न नसक्दा रियल सिजनको चौथो हार भोग्न बाध्य भयो । पछिल्लो जितसंगै लेभान्ते तालिकाको सातौँ स्थानमा उक्लिएको छ । गएराती नै भ्यालेन्सीया र लेगानेश तथा भियारियल र एट्लेटिको मड्रिडले एक एकको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्