Logo

प्रिमियर लिगमा म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो



काठमाण्डौ ४, कात्तिक । म्यानचेष्टर सिटी, लिभरपुल, टटनह्याम र वाटफोर्टले प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । वर्नलीलाई ५–० ले हराउँदै म्यान सिटीले शीर्ष स्थानमा कायमै राखेको छ ।

पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा ४ गोल गर्दै सहज जित हात पारेको थियो । लिभरपुलले हर्डसफिल्ड टाउनलाई १–० ले हराउँदा बेष्टह्याम युनाईटेड, टटनह्यामसँग १–० ले नै पराजित भयो । गएराती नै वाटफोर्टले वोल्भरहेम्प्टनलाई २–० ले स्तब्ध पार्यो । कार्डिफ सिटीले फुल्ह्यामलाई ४–२ ले हराउँदा ब्राईटन एण्ड होभ एल्बियनले न्यु क्यासल युनाईटेडलाई १–० हरायो । चेल्सी र म्यानचेष्टर युनाईटेडले २–२ को बराबरी खेल्दै अंक बाँड्दा वर्न माउथ र साउथ हेम्प्टनपनि गोलरहित बराबरीमा रोक्किए । नवौँ चरणका खेल जारी ररहदा म्यानचेष्टर सिटी २३ अंकका साथ शीर्ष स्थानमा छ ।

समान अंक भएपनि गोलअन्तरमा पछि पर्दै लिभरपुल दोस्रो स्थानमा छ । समान २१ अंक भएका चेल्सी र टटनह्याम क्रमश तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्