Logo

१५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै



काठमाडौं । १५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ । ललितपुरको एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा उपाधि दाबेदार भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा नेपालले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । गत वर्षको उपविजेता रहेको नेपाल यसपटक भने उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रने छ ।

प्रतिक्रिया दिनुहोस्