Logo

आजदेखि सुरु भयो नेपाल संवत् ११३९



काठमाडौंः नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

यो संवत हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ । नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ ।

राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् ई.सं ८८० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धर बताउँछन् ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

२०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

त्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्