Logo

अब शिक्षकको न्युनतम योग्यता स्नातक र स्नातकोत्तर



काठमाडौं ।  सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था संचालन ऐन २०७५मा सो व्यवस्था गरिएको हो ।

मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशःसम्बन्धित विषयमा कम्तिमा स्नातक र कम्तिमा स्नातकोत्तर हुनु उल्लेख गरिएको छ ।

यस अघि विद्यालय क्षेत्र सुधार कार्यक्रम९एसएसडिपी० मा शिक्षकको योग्यताको विषय उठान गरेको थियो । पछिल्लो समय सामुदायिक विद्यालयको स्तर खस्कदै गएपछि सरकारले संघीय शिक्षा ऐन मार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्