Logo

सन्दीपले आईपीएलमा पुनः दिल्ली डेयरडेभिल्सबाटै खेल्ने निश्चित



काठमाडौंः नेपाली लेग स्पीनर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् ।

१२ औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । गौतम गम्भीर लगायतलाई खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जना खेलाडीलाई भने रिटेन गरेको छ ।

गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । १९ बर्षीय युवा लेग स्पिनर सन्दीपलाई गत सिजन दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

सन्दीपले यस सिजन पनि न्यूनतम पारिश्रमिक गत सिजनकै पाउनेछन् । तर, क्लबसंगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ

प्रतिक्रिया दिनुहोस्