Logo

१६ जलविद्युत् कम्पनीका सेयर आउँदै



काठमाडौं । निकट भविष्यमा डेढ दर्जन जलविद्युत् कम्पनीका प्राथमिक सेयर(आईपीओ) बजारमा आउने भएको समाचार आजको कान्तिपुरले पन्ध्रौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा अनुमति दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएसँगै ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल विभिन्न क्षेत्रका २१ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्