Logo

वाइडबडीबारे लेखा समिति: साढे ६ अर्ब घोटाला



काठमाडौंः संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ ।

मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ ।

समितिले विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौ प्रश्न गरेको छ ।

वाइडबडी खरिद प्रक्रियामा महालेखाले औंल्याएका कमजोरीमा चित्तबुझ्दो जवाफ नपाइएपछि लेखा समितिले पर्यटन मन्त्रालय र निमग सञ्चालक समितिलार्य लिखित प्रश्न पठाई लिखितै जवाफ माग्ने निर्णय गरेको हो ।आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरीद प्रक्रिया अनुरुप जहाज खरीद गरिएको र यसमा कुनै अनियमितता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्