Logo

प्रियंका चोपड़ा र निक जोनासले आज हिन्दु परम्परा अनुसार फेरि विवाह गर्दै:



बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपड़ा र हलिउड अभिनेता तथा गायक निक जोनासले आज हिन्दु परम्परा अनुसार फेरि विवाह गर्दैछन् । हिजो उनिहरुले क्रीस्चियन परम्परा अनुसार बिवाह गरेका थिए ।

कैथोलिक क्रीस्चियन धार्मिक रीतिरिवाज अनुसार उनिहरुले भारत स्थित एक राजशाही भवनमा विवाह गरेका हुन् ।

क्रीस्चियन परम्परा अनुसार विवाह गर्दै उनिहरुले सार्वजनिक रूप मै एक अर्कालाई KISS गरेका थिए । विवाहपछि निकले प्रियंकालाई अग्लोमा उठाएका थिए । त्यसपछि दुवैजनाले डान्स समेत गरेका थिए ।

जोधपुर को उम्मेद पैलेसमा भएको विवाह समारोहमा प्रियंका चोपड़ाले Ralph Lauren को गाउन लगाएका थिए ।

त्यस्तै जोनासले ब्लैक कलरको ड्रेसमा देखिएका थिए । विवाहपछि उक्त नव जोडीले आफ्ना साथीहरू समेत आफ्न्तसँग फोटोशूट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्