Logo

बंगलादेश पढेका अधिकांश यि कस्ता डाक्टर जो लाइसेन्स परिक्षामा फेल



काठमाण्डु, १९ मंसिर– बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ।

साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाइसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए । परीक्षामा सफल हुनेको संख्या २१.३ प्रतिशत मात्र छ । यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए । आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । सरकारीभन्दा निजी मेडिकल कलेजमा पढ्ने धेरै छन् । तर यहाँबाट एमबीबीएस गरेकाहरु लाईसेन्स परीक्षामा उत्तीर्ण हुने दर भने केही वर्षदेखि खस्कँदो रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।, कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्