Logo

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा महत्वपूर्ण समय यसरी बिताउनु भयो (फोटो फिचरमा)



जनकपुर  । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाह पञ्चमीमा जन्तीको रुपमा जनकपुरको भम्रण गर्नुभयो ।

योगी आदित्यनाथ भारतीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै विवाह पञ्चमी (श्री राम जानकी विवाह उत्सव) मा सहभागीता जनाउन जनकपुर भम्रणमा आउनु भएको हो ।

प्रदेश २ का मुख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीले उहाँलाई जनकपुर बिमानस्थलमा स्वागत गर्नुभयो । मुख्यमन्त्री योगी आदित्यनाथले आज बिहान जानकी मन्दिरमा पुजाअर्चना गर्नुभयो ।

प्रदेश २ का मुख्यमन्त्री राउतले उहाँको सम्मानमा आफ्नो निवास मधेश भवनमा दिवाभोजको आयोजना गर्नुभयो । मधेश भवनमा आयोजित दिवाभोजमा संघीय तथा प्रादेशिक सरकारका अधिकारीहरु तथा राजनीतिज्ञहरु सहभागी हुनुहुन्थ्यो ।

दुबै मुख्यमन्त्रीहरु, संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी एवम् जनकपुर नगर प्रमुख लाल किशोर साहले रंगभुमि बाह्रबिग्हा मैदानमा सम्पन्न विवाह पञ्चमी (श्री राम सीता विवाह) का बिधिहरुको प्रत्यक्ष अबलोकन गर्नुभयो ।

नगर प्रमुख साहले योगी आदित्यनाथलाई नागरिक अभिनन्दनले सम्मान गर्नुभयो ।

वाह्रविघा सम्बोधन गर्दै मुख्यमन्त्री आदित्यनाथले भन्नुभयो, चार लाइनको राम जानकी मार्ग बनाउनेछौ, यो मार्ग बनेपछि जनकपुर आयोध्याको बाटो चारघण्टाको हुनेछ ।’ सँस्कृति संरक्षणको साथ साथै भौतिक विकासमा पनि ध्यान दिनुपर्ने बताउँदै उहाँले भौतिक विकासले मात्र जीवनलाई खुशयाली बनाउन सकिने बताउनुभयो ।

उहाँले भारतको विकासको लाभका लागि पनि केनेक्टीभिटी आवश्यक रहेको बताउनुभयो । नेपालमा कृषि विज्ञान र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले दुवै देशको पर्यटकीय सम्भावनाको खोजी हुने धारणा राख्नुभयो ।

मिथिला र अवध हाम्रो महान साँस्कृतिक विरास रहेको बताउँदै उहाँले यसमा पर्यटनको निकै सम्भावना रहेको छ र यसले रोजगारमा पनि वृद्धि गर्ने बताउनुभयो । प्रदेश २ आर्थिक वृद्धि र सम्पन्नताको कारण नेपालमा विशेष प्रदेशको रुपमा स्थापित होस् भनि उहाँले शुभकामना पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्