Logo

मेरो भोट हेरेर साथीहरु अचम्भित हुन्थे, आशै नगरेको माया मेरो देशबाट पाएँ’: मिस नेपाल श्रृंखला खतिवडा



काठमाडौं । विश्व सुन्दरी प्रतियोगितामा दुई अवार्ड जितेकी मिस नेपाल मिस नेपाल श्रृंखला खतिवडा नेपाल फर्केकी छिन् । चीनको सान्यामा आयोजित मिस वर्ल्ड प्रतियोगितामा उनी विश्व सुन्दरी त बन्न सकिनन् तर टप १२ मा पर्दै दुई अवार्ड पनि जितेकी थिइन । ब्यूटी विथ द प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन ।

‘प्रमुख उदेश्य नेपाललाई विश्व सामु चिनाउनु थियो’ विमानस्थलमा श्रृंखलाले भनिन् ‘केही हदसम्म सफल भएँ ।’ सम्पूर्ण नेपालीले आफुलाई धेरै माया गरेका कारण पनि आफु निकै खुसी भएको बताइन । मैले आशै नगरेको माया मेरो देशबाट पाएँ’ मेरो पक्षमा आएको भोट हेरेर साथीहरु अचम्भित हून्थे’ उनले भनिन् । दुई अवार्ड जित्दा पनि श्रृंखला टप ५ मा पर्न सकिनन् । आयोजकहरुले पक्षपात गरेको नेपालमा आवाज उठिरहेका बेला श्रृंखलाले पनि आफुलाई अचम्म लागेको प्रतिक्रिया दिइन । तर निर्णायकमाथी प्रश्न उठाउन पक्षमा आफु नरहेको बताइन । मिस वल्र्डको फ्याट परिवर्तन भएका कारण आफुलाई असर परेको उनको बुझाइ रहेको छ ।

नेपालका बारेमा धेरै देशका प्रतिस्पर्धीलाई आफुले सुनाएको बताइन । ‘प्रतिस्पर्धीहरुलाई लफ फ्राम नेपाल भनेर यहाँबाट म्याजेस जाँदो रहेछ’ उनीहरुले मलाई सोध्थे ‘के नेपालमा अरबौं जनसंख्या छ ? के नेपाल इन्डियाभन्दा ठूलो छ ? नत्र कसरी यत्रो भोट पायौ ? मैले पाएको समर्थन उनीहरुका लागि आश्चर्यचकित थियो’ शृंखलाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्