Logo

नेपालमा भारतीय २००, ५०० र २००० का नोट नचल्ने



काठमाडौंः नेपालमा भारतीय नोट (आईसी) २ सय, ५ सय र २ हजारको नोट नचल्ने भएको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त संख्याका भारतीय नोटहरु नेपालमा नचल्ने निर्णय गरेको हो ।

बिहिबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

साथै बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्