Logo

रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ को पहिलो विजेता विजय अधिकारी: जिते २५ लाख नगद सहित कार



काठमाडौं । काठमाण्डौ । रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ को पहिलो विजेता विजय अधिकारी भएका छन । कतारको दोहास्थित एमपी थिएटरमा शुक्रबार मध्यराति भएको ग्राण्ड फिनालेमा अधिकारीले उपाधि हात पारेका हुन । अधिकारीको साँगितिक गुरु वरिष्ठ गायक दीप श्रेष्ठ रहेका थिए ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएर अधिकारीले २५ लाख रुपैयाँ नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गरेका छन् । त्यसैगरि २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न समेत पाउनेछन् ।

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को बिजेता हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ ले घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्