Logo

एसिया प्यासिफक समिटमा सरकारको १३ करोड खर्च



काठमाडौंः विवादास्पद एसिया प्यासिफिक समिटमा करीब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो ।

अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारको तर्फबाट भएका दुई पक्षीय वार्ता तथा उच्च अधिकारीको स्वागतका लागि ५५ लाख रुपैयाँ खर्च भएको हो ।

प्रतिक्रिया दिनुहोस्