Logo

प्राइम बैंकले १६ प्रतिशत बोनस सेयर दिने



काठमाडौं– प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।

अधिकांश वाणिज्य बैंकले लगानीकर्तालाई नगद लाभांश मात्र दिने प्रस्ताव गरेकोमा प्राइम बैंकले बोनसलाई प्राथमिकता दिएको छ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्