Logo

Yes, I am Pregnant ! ‘चौका दाउ’



काठमाडौं । कानुनले बृद्धा दिने घोषणा गरेका र समयले पिण्ड खाने उम्मेर पुगेका ब्यक्तिहरु पनि विहानै सुन्दर केटीको फोन आए नौजवान बन्छन् । सकेसम्म मिठो र अंग्रेजी भाषामा उनीहरु कुरा गर्न रुचाउँछन् । जव उनीहरको हात टाउँको पर्छ त्यसपछि कपाल झरेको अनुभूति हुन्छ । तर टाउको भित्रको दिमागले भने सुन्दर केटीको जवानी याद गरिरहेको हुन्छ ।

मानवीय जीवनमा कतिपय यस्ता यर्थात घटना हुन्छन् । त्यही घटना कतिपय बेला पटकथामा परिणत भएर रियल लाइफबाट रिल लाइफमा पुगिहाल्छन् । हिन्दी फिल्म वल्ड इज गोल्डमा पनि यस्तै कथा छ । वल्ड इज गोल्ड जस्तै कथामा आधारित नभएपनि नेपाली फिल्म चौका दाउमा चार पिण्ड खाने ब्यक्तिको कथा यस्तै छ ।

विहानै सुन्दर केटी, त्यो पनि बर्षा रावतको फोन आउँदा बृद्धा भत्ता र पिण्ड विर्सेनीहरु एकाएक तिरभिरी हुन्छन् । ‘आई एम प्रिगिनेन्ट’ यो शब्दले उनीहरुलाई झस्काउँछ । केही समयअघि सुन्दर युवतीको भित्र अंग देख्ने सपना बोकेका बृद्धहरु एकाएक कारगारको अध्याँरो कोठाको कल्पना गर्दछन् । यस्तै पटकथामा आधारित फिल्म हो ‘चौका दाउ’ ।

बृद्धा र जवान सुन्दरीको प्रेमकथा र त्यसपछिको बियोगान्तमा आधारित फिल्म चौकादाउ २७ पुसदेखि नेपालका हलहरुमा आउने भएको छ । भर्खरै सार्वजनिक भएको ट्रेलर निकै सुन्दर छ । तरभित्र कथा भने हलमा पुगेपछि मात्र थाहा होला ।

ट्रेलरमा विल्सन विक्रम राई, सन्तोष पन्त, रवीन्द्र झा, तैयव शाह बृद्धाको भूमिकामा देखा परेका छन् भने उनीहरुको लक्ष्य नै बर्षा रावतलाई पाउनेछ । ट्रेलर अनुसार उनले बर्षालाई त पाउँछन् तर सवैथोक गुमाउँछन् । पूणेन्दु झाले निर्देसन गरेको यो फिल्ममा वर्षा, विल्सन विक्रम, रवीन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देलले अभिनय गरेका छन् ।शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका छन् । अभिमन्यू निरवीले लेखेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ । पछिल्लो समय बर्षा राउत निकै चल्तीकी नायिक बनेकी छिन् । उनको सुन्दरता र अभिनयमा निकै कलात्मकता भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्