Logo

वीरगञ्जमा बिद्यार्थी र प्रहरीबीच झडप : महानगरपालिका घेर्न पुगेपछि प्रहरीसस्ँग झडप



काठमाडौं । प्रधानअध्यापकको सरुवाको बिषयलाई लिएर वीरगञ्जमा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । बुधवार विहान प्रहरी र बिद्यार्थीबीच झडप हुँदा दुई प्रहरी र केही बिद्यार्थी घाइते भएका छन् ।

वीरगञ्ज नगरपालिकाले ८ जना प्रधानअध्यापकको केही दिनअघि सरुवा गरेको थियो । प्रधानअध्यापकको सरुवालाई लिएर बिद्यार्थीहरुले धर्ना दिइरहेका थिए । तीन दिनदेखि धर्नामा बसेका बिद्यार्थी महानगरपालिका घेर्न पुगेपछि प्रहरीसस्ँग झडप भएको थियो ।

झडपपछि माइस्थान बिद्यापीठका बिद्यार्थीहरु घाइते भएका छन् भने हातमा लाठ्ठी लिएर सडकमा उत्रेका बिद्यार्थीको कुटाईबाट दुई प्रहरी घाइते भएका छन् ।

को प्रधानध्यापक कहाँ सरुवा गरियो ?

बीरगञ्ज महानगरपालिकाले ८ प्रधानध्यापकको सरुवा गरेको थियो । रेल्वे माविका देवशरण यादवलाई सोलखपुर माविमा, सुखचैना माविका दिनेश चौरियालाई रेल्वे माविमा, नृसिंह माविबाट हरेन्द्र कुर्मीलाई त्रिजुद्ध माविमा, कोन्हिया माविका मोहम्मद मुर्तुर्जा अन्सारीलाई माइस्थान विद्यापीठ माविमा सरुवा गरेको थियो । वीरगञ्ज रात्री माविबाट पुरुषोत्तम मिश्रलाई कोन्हिया माविमा, सुरजी देवी माविबाट अनिलकुमार वर्णवाललाई नृसिंह माविमा, त्रिजुद्ध माविबाट नविनकुमार मिश्रलाई सुरजी देवीमा र माइस्थान माविका विनोदकुमार मेहतालाई सुखचैना माविमा सरुवा गरेपछि बिद्यार्थीले आन्दोलन गरेका हुन् । आन्दोलन गर्नेमा माइस्थानका बिद्यार्थीहरु अगाडी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्