Logo

सिमानाकाको जनताको लागि खुशीको खबरः भारु नोटको प्रतिबन्ध हट्ने भयो



काठमाडौँ । नेपालमा भारतीय ठूला दरका नोट नचलाउने निर्णय गरेको एक महिनापछि आफ्नै निर्णयबाट पछि हट्ने प्रक्रियामा नेपाल अघि बढेको छ ।

नेपालसँग भएका पुराना भारतीय ठूला दरका नोट चलाउन भारत सरकारले चासो नदिएको भन्दै नेपालमा ठूला दरका नयाँ नोट प्रतिबन्ध गर्ने निर्णय मन्त्रिरिषदले गत मंसिर २४ गते गरेको थियो ।

यता, नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियालाई  (आरबीआइ)  ठूला नोट सटहीको प्रस्ताव गरेर शुक्रबार (पुस २०) पत्र पठाएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज

ढुंगानाले गत शुक्रबार गर्भनर मार्फत आरबीआइलाई पत्र पठाएको जानकारी दिए ।  उनका अनुसार राष्ट्र बैंकले आफूहरुसँग भएको पुराना ठूला नोट सँगै नयाँ नोटपनि साट्ने व्यवस्था मिलाइयोस् भन्दै पत्राचार गरेको छ ।

उनका अनुसार राष्ट्र बैंकमा अहिले ७ करोड ८५ लाख पूराना भारतीय नोट रहेको छ । अनौपचारिक क्षेत्रमा यस्तो रकम अझै बढी रहेको बताइँदै आएको छ ।

मंसिर २४ गतेको मन्त्रिपरिषको निर्णयले भन्दा पनि भारतले लिएको अमौद्रिकरण नीतिकै बेलादेखि ठूला दरका नोट नेपालमा प्रतिबन्ध रहेको तर त्यसबीचमा निक्लेको २ सयको नयाँ नोट पनि नचलाउनु भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको ढुंगाना बताउँछन् ।

नेपाल आयातमुखी अर्थतन्त्र भएको र अधिंकाश व्यापार भारतसँगै निर्भर रहेकाले ठुला नोट प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर नेपाललाइ नै पर्ने विज्ञहरु बताउँछन् ।

भारत सरकारले कालोधनलाई निरुत्साहित गर्न सन २०१६ नोभेम्बरदेखि ५ सय र हजार दरका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो । सोही बेलादेखि नेपालमा रहेका पुराना नोट साटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्