Logo

सभामुखद्धारा सरकारलाई रुलिङः सांसदहरुको प्रश्नको जवाफ दिन निर्देशन



काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिन सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बुधबारको संसद बैठक सुरुमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । खाँडले भने, ‘प्रधानमन्त्री र मन्त्रीजीहरु किन जवाफ दिन चाहनुहुन्न ?’

सांसदहरुको प्रश्न गर्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले आइतबारको घटनामा सभामुखको पनि ध्यानाकर्षण गराए ।

लगतै सभामुख महराले २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिँदा सांसदहरुको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्