Logo

श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिज न्यूजिल्यान्डले ३५ रनले जिते



पुस २७, काठमाडौ । श्रीलंकाविरुद्धको एक खेलको टी-ट्वान्टी सिरिज न्यूजिल्यान्डले ३५ रनले जितेको छ । न्यूजिल्यान्डकाे राजधानी अक्ल्यान्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

उसकालागि एन्ड्रयु जोनले ४४ तथा स्कट क्रिस्टोफोरले अविजित ३५ रन जोडे । यस्तै रोस टेलरले ३३ रन बनाए । जवाफमा १८० रनको लक्ष्य पछ्याएको श्रीलंका १६ ओभर ५ बलमा १४४ रनमा अल आउट भयाे । उसका थिसरा परेराले ४३ तथा कुशल परेराले २३ रन बनाए पनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

श्रीलंकालाई कम स्कोरमा रोक्न न्यूजिल्याण्डका इश सोधी र लोकी फेर्गुसनले ३-३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्