Logo

संविधानको १२४ औं संशोधनमार्फत सवर्ण जाति (उच्चजाति) का ‘गरीब’हरुलाई सरकारी नोकरी



पुष २८, काठमाडौं । लोकसभाको निर्वाचन आउनुभन्दा करीब चार महिनाअघि मोदी सरकारको प्रस्तावमा भारतीय संविधान संशोधन गरिएको छ । संविधानको १२४ औं संशोधनमार्फत सवर्ण जाति (उच्चजाति) का ‘गरीब’हरुलाई सरकारी नोकरी एवं शिक्षामा १० प्रतिशत आरक्षणको ढोका खोलिएको छ ।

भारतीय संविधानले अहिलेसम्म सामाजिकरुपमा पछाडि परेका समुदाय र जातिलाई मात्रै आरक्षण दिने नीति लिएको थियो । अब संविधान संशोधनपछि सवर्ण जातिले पनि आरक्षण पाउने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्