Logo

सनराइज बैंकको अध्यक्ष दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौं:  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

दुगड गत पुस २९ मा भएको बैंकको साधारणसभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका बैंकले जनाएको छ।

शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित थिए। रासस

प्रतिक्रिया दिनुहोस्