Logo

मधेशमा नयाँ बेदानन्दहरुको जन्मः बेदानन्द प्रवृत्ति भनेको के हो ?



काशिन्द्र यादव: असफल विद्रोह वा क्रान्ति को चिहानमा अवसरवाद र दलाली प्रवृत्ति झांगिन्छ । नेपालमा माओवादी जनयुद्ध र मधेस विद्रोह को असफलताले केवल ती शक्ति र नेतृत्वलाई अवसरवादी र पुर्णतः व्यवहारवादी शक्तिमा रुपान्तरण गरेन कि नेपाली समाजमा पनि दलाल र चाटुकार प्रवृत्ति बेपत्ता बढेको छ ।

माओवादी जनयुद्ध र मधेस विद्रोहले कमजोर र उत्पीडित नेपाली खासगरी मधेसी-जनजाति-दलितमा आत्मविश्वास, आत्मसम्मान र स्वाभिमानको भाव विकास भएको थियोे । तर माओवादी जनयुद्ध को त्रासदीपुर्ण विसर्जन र मधेस विद्रोह को दुर्भाग्यपूर्ण पराजयले परिवर्तनको संभावनालाई शुन्य र जोखिमलाई अत्याधिक बढाएको छ ।

यस्तोमा परिवर्तन प्रति र आफू प्रति आत्मविश्वास गुमाएका एक समयका परिवर्तनको वकालत गर्ने समाजका सम्भ्रान्तहरु पनि व्यक्तिगत स्वार्थ पुर्ती लागि शक्ति केन्द्रको दलाली र चाटुकारी को उधम शुरु गरेको छ । पंचायतकालमा पनि लोकतान्त्रिक व्यवस्था र र यसको अगुवाको निन्दा गर्दै व्यक्तिगत स्वार्थ पुर्तीको लागि राजाको चाकरी गर्ने र स्तुति गर्ने र पंचायतलाई तिनैलोकका सर्वोत्कृष्ट व्यवस्था भन्ने मधेसी र जनजाति सम्भ्रान्तहरुको उल्लेख्य संख्या थियो ।

यसलाई मधेसमा बेदानन्द प्रवृत्ति भनिन्छ । अहिले पनि काठमाडौको जातीय वर्चश्वको व्यवस्थालाई हर्षबढाई र मधेस आन्दोलन-जनजाती आन्दोलनलाई निन्दा गर्ने दालाल र चाटुकार मधेसी र जनजातिको लागि ओलि दरबारमा मनग्ये स्थान देखिन्छ । दुर्भाग्यले काठमाडौको यस्तो प्रवृत्तिलाई प्रोत्साहन र संरक्षण दिने नितिले मधेसी-जनजाति संम्भ्रातमा पुन: वेदानन्द प्रवृत्तिको बेपत्ता विकास हुने संभावना छ र भैराखेको छ । यसले त उत्पीडित समुह र लोकतान्त्रिक संस्कृतिलाई अहित गर्छ नै गर्छ तर यसले दीर्घकालमा देशलाई पनि नोक्सान गर्छ ।

प्रतिक्रिया दिनुहोस्