Logo

पहिलो टी-२० : युएईले नेपाललाई दियो १५४ रनको लक्ष्य



काठमाडौं-  पहिलो टी-२० खेलमा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो।

युएईका लागि सइमान अनवारले ५९ रनको योगदान गरे। आक्रामक रुपमा प्रस्तुत भएका अनवारले ३८ बल खेलेर ५ चौका र २ छक्का हिर्काएका थिए। उनलाई नेपालका अभिनास बोहोराले बोल्ड गरेका थिए। मोमहद उस्मानले ३० रन जोडेका थिए। उनलाई सन्दीप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याच गराए।

ओपनरद्वय अस्फाक अहमद २ रन र सिपी रिजवान २२ रनमा आउट भएका थिए। गुलाम सब्बार ८ रनमा आउट हुँदा कप्तान मोमहद नवीदलाई बसन्त रेग्मीले १ रनको झिनो स्कोरमा आउट गरे। मोमहद बोता २० रनमा नटआउट रहे।

बलिङमा नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनास बोहोरा र सोमपाल कामीले १-१ विकेट हात पारे।

टी-२० सिरिज ३ खेलको हुनेछ। युएई भ्रमणमा रहेको नेपालले यसअघि ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको थियो। #NepalLive

प्रतिक्रिया दिनुहोस्