Logo

नेपालका सुजन भारतको रियालिटी शो डान्स प्लस फोरमा फस्ट रनरअप बने



काठमाडौंः नेपालका युवा डान्सर सुजन मार्फा तामाङ भारतकाे चर्चित डान्स रियालिटी शाे डान्स प्लस फाेरकाे फस्ट रनरअप भएका छन् । विभिन्न चरणका प्रतिस्पर्धामा उत्कृष्ट डान्स गर्दै सुजनले सबैको मन जितेका छन् । नेपालका उदयमान डान्सर सुजनले भारतको चर्चित रियालिटी शोमा सहभागीता जनाएर देशको मन चिनाएका छन् । डान्स प्लस फोरको फाइनलमा पुगेका सुजन आफ्नो उत्कृष्ट डान्स प्रस्तुत गर्दै गर्दा पनि भोटको कारण फस्ट रनरअपमै सिमित भएका छन् । भने महाराष्ट पुनेका चेतन सालुन्खेले डान्स प्लस फोरको ट्रफी उचालेका छन् ।

प्रतिक्रिया दिनुहोस्